Aarthikaina
क्रोएशिया पठाइदिने नाममा लाखौँ ठगी गर्ने एक युवा पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । ललितपुर महानगरपालिका सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको हो । 

आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भनी चार जना पीडितहरूबाट पाँच लाख ८४ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका जैसवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंस्थित पचली भैरवबाट पक्राउ गरेको हो । हाल उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update