वडाध्यक्षको सामाजिक संजाल ह्याक गरी ठगी गर्ने एक युवा पक्राउ
                        
                        
                                                
                                            
                                                                    तनहुँ । अनलाईनमार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकी पक्राउ परेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जरमार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी एक लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका-१ बाट पक्राउ गरेको हो ।
उनी उपर ठगीसम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०९:४४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



            
            
            
            






