Aarthikaina
लक्ष्मी सनराइज बैंकको कपनमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौंको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बुढानीलकण्ठ नगरपालिका-१०, कपनमा रहेका दुई शाखामध्ये रुद्रमति चोकको शाखा सोही नगरपालिकाको वडा नं.१२ स्थित फैकामा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साबिकको रुद्रमति चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिनसक्ने बैंकले जनाएको छ ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

साथै, बैंकले बर्दिबासमा रहेका आफ्ना दुई वटा शाखा गाभेर साबिक सनराइज बैंकको शाखा रहेको स्थान औरही चोक(हालको स्थानभन्दा दुई सय मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा दुई सय ५५ शाखा, तीन सय १९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र एक सय २९ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update