Aarthikaina
इन्टरपोलबाट रेड नोटिसमार्फत एक युवा रोमानियाबाट पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक युवा पक्राउ परेका छन् । NCB Bucharest, Romania को समन्वयमा रोमानियामा पक्राउ परेका रामेछाप खाँडादेवी गाउँपालिका बस्ने २४ वर्षीय गौरब नेपालीलाई बुधबार नेपाल फिर्ता ल्याइएको हो ।

जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३  अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update