Aarthikaina
कामना विकास बैंक र एफवानसफ्टबीच सम्झौता, योजनाअन्तर्गत स्मार्टफोन जित्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंक र एफवानसफ्टबीच बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजनासहित समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता अन्तर्गत ग्राहकवर्गले बम्पर पुरस्कारमा स्मार्ट फोनसमेत जित्न सक्ने छन् । 

सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिस्टर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरूले ५० रुपैयाँको टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरूलाई मात्र मान्य हुनेछ । 

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

त्यसैगरी, ग्राहकहरूले न्यूनतम एक सय रुपैयाँको टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा दुई जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत एयरबड्स जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरू दुवैलाई मान्य हुने बैंकले जनाएको छ । यसैगरी, कारोबार गर्ने ग्राहकहरू मध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कारमा स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्तभर लागू हुनेछ । 

बैंकले हाल देशभर एक सय ३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम बुथमार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update