Aarthikaina
प्रभु बैंकको तीन सञ्चालक बाहिरिए, दुई जना नियुक्त

काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिबाट तीन जना सदस्य बाहिरिएका छन् भने रिक्त पदमा दुई जना सदस्य नियुक्त भएका छन् । संस्थापक शेयरधनीको समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र संचालक प्रा.डा.गीता प्रधानले पदबाट राजीनामा दिएका हुन् । 

बैंकको २०८१ वैशाख ७ गते बसेको सञ्चालक समितिको ३३५औँ बैठकले खड्का, कालिकोटा र प्रधानले केन्द्रीय समिति समक्ष दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । 

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

तीन जना सदस्यहरूको राजीनामा स्वीकृतपश्चात् रिक्त रहेको पदमा संस्थापक शेयरधनी समूहकै तर्फबाट सञ्चालक पदमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.२ सानेपाका अंगिरमान सिंह र काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं.३ का तारा मानन्धरलाई सदस्यमा नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । 

उक्त जानकारी सञ्चालक समितिले नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।


prabhu-bank-1713778037.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update