Aarthikaina
चित्तपोल सिमल्टार बाँसुरी बाजा खल:का ३९ जना प्रशिक्षित 

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोलस्थित सिमल्टार बाँसुरी बाजा खल:का ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् । 

बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको थियो । बाँसुरी बाजा खलःले भाद्र महिनादेखि स्थानीय ११ वर्ष देखि ५३ वर्षसम्मका सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेको थियो । कला संस्कृति र परम्परालाई आधुनिकीकरण गरी निरन्तरता दिँदै लैजाने उद्देश्यका साथ उक्त प्रशिक्षण गरेको सिमल्टार बाँसुरी बाजा खलःले जनाएको छ  । आगामी दिनमा पनि उक्त खलःले युवाहरूलाई प्रशिक्षण दिँदै लैजाने खलःका सदस्य मोतीराम खाताखोले जानकारी दिए ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

बाँसुरी बाजा तथा हार्मोनियम बाजामा प्रशिक्षितहरूलाई एक कार्यक्रमबीच सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउतलगायतले बाजाका प्रशिक्षितहरूलाई प्रमाणपत्र वितरण गर्दै दीक्षित गरेका हुन् । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो कला संस्कृति भुलेमा हाम्रो अस्तित्व नै मेटिने भन्दै कला संस्कृतिको विकास तथा विस्तार एवं जगेर्ना गर्न नगरपालिका जस्तोसुकै कदम चाल्न पनि तयार भएको बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउतले अवको वडाको लक्ष्य भनेको कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण एवं सम्वद्र्धन गर्ने  लक्ष्य रहेको हुँदा आर्थिक हिसाबले गर्नुपर्ने  सहयोग गर्ने प्रतिवद्धता जनाए । 

प्रशिक्षितहरूलाई शुभकामना दिँदै प्रशिक्षक धर्म मुनिकारले यो आफ्नो १२०औँ स्थानको प्रशिक्षण भएको जानकारी दिए । देशभर विभिन्न स्थानमा गएर आफूले बाँसुरी बाजाको प्रशिक्षण दिँदै आएको उनले बताए । २०५७ सालबाट बाँसुरी बाजा, पछिमा खिं धिमे, बय खिं, कोचाखिंको प्रशिक्षण दिँदै आएको उनले बताए । कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षक धर्म मुनिकारलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update