Aarthikaina
ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा पाँचथरमा
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं.१२, डेरी बजारमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । सोमबारदेखि संचालनमा ल्याइएको उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं.१२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्त रूपमा गरेका हुन् ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ संचालित बैंकको शाखा रहित बैंकिङ सेवाहरूको संख्या हाल दुई सय ७५ पुगेको छ । शाखा रहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन् । 

बैंकको तीन सय ५५ शाखा कार्यालय, तीन सय ७८ एटिएम, दुई सय ७५ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update