Aarthikaina
ग्लोबल आइएमई बैंकले १० वर्ष अवधिका लागि १२ करोडसम्म घरकर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका निम्ति ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको हो ।

उक्त योजनाअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले सहज रूपमा कर्जा सार्न समेत सक्ने जनाइएको छ । यो विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका निम्ति ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मका लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका निम्ति १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

बैंकले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजात पेस गरेको दुई कार्य दिनभित्र कर्जा प्रवाह गर्ने जानकारी गराएको छ । ग्राहकले देशभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका तीन सय ५६ शाखाबाट यो सुविधा उपभोग गर्न सकिनेछ । यो योजना सीमित अवधिका निम्ति रहनेछ ।

ग्लोबल आइएमई बैंकले तीन सय ५६ शाखा कार्यालय, तीन सय ७८ एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । यस्तै, बैंकले अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update