Aarthikaina
गरिमा विकास बैंकको १७औँ बार्षिक साधारणसभा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १७औँ बार्षिक साधारणसभा आज(आईतबार) कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब ७० करोड बनाउने, आर्थिक वर्ष २०८०/०८१ को लागि लेखा परीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

हाल पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार तीन सय २७ रुपैयाँ पुगेको छ ।

हाल विकास बैंकको देशभर एक २३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा छन् भने बैंकले हालसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जनाए ।

 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update