Aarthikaina
मोना यूएईको सहयोगमा अलपत्र परेका सुबिन्द्र पाईजा घर फर्किए

काठमाडौं । मोना युएइको सहयोगमा विगत सात महिनादेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा अलपत्र परेका रघुगंगा गाउँपालिका–६ पाखापानीका सुविन्द्र पाईजालाई घर फर्किएका छन् ।

पासर्पोट र भिसाविहिन भएपछि अलपत्र परेका पाखापानीका पाईजालाई मोना यूएईले आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपालसम्म हवाई टिकटको समेत ब्यवस्था गरी पठाईएको महासचिव काजिमान बुढाथोकीले बताएका हुन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

कम्पनी छोडेर बसेका पाईजा समस्या परेको जानकारी प्राप्त भएपछि मोना युएईले दुताबास, प्रहरी रिर्पोट, यूएईबाट बाहिर जाने पास, हवाई टिकटको खर्च संस्थामार्फत गरिएको जानकारी दिए ।

मोना यूएईका अध्यक्ष राम्जालीले संस्थाले समस्यामा परेका म्याग्देलीलाई सक्ने सहयोग गर्दै आएको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update