Aarthikaina
नेपाल बैर्कस संघमा पाँच सदस्य चयन

काठमाडौं । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैर्कस संघको साधारण सभाले पाँच जना सदस्य चयन गरेको छ ।

नेपाल बैर्कस संघको शनिबार काठमाडौंमा सम्पन्न भएको साधारण सभाले संघको सञ्चालक समितीमा पाँच जना सदस्यलाई चयन गरेको हो ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

संघका अनुसार यसरी चयन भएका सदस्हहरुमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ रहेका छन् ।

संघका सदस्य लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको कार्यकाल पुरा भएको छ भने नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सदस्यमा यथावत रहेको संघले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update