
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको नोट ७० मोडल नेपाली बजारमा आएको छ । मिलिटरी-ग्रेडको मजबुती र स्मार्ट फिचरहरू रहेको यस रियलमी नोट ७० मा ६३०० एमएएचको शक्तिशाली ब्याट्री रहेको कम्पनीले जनाएको छ ।
एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चलाउन सकिने सुविधा यसमा रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार १५ डब्लुको फास्ट चार्जिङ र ६डब्लु रिभर्स चार्जिङ सुविधा पनि भएकोले यसमा डाउनटाइम कम रहेको छ भने टिकाउपनका लागि नोट ७० मा मिलिटरी–ग्रेड मजबुती र आर्मरशेल प्रोटेक्सन रहेकोले यो फोन एकदम मजबुत छ । १.८ मिटरबाट खस्दा पनि फोन सुरक्षित रहने कम्पनीले जनाएको छ । यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र आइपी ५४ डस्ट एण्ड वाटर रेजिस्टेन्स पनि रहेकोले यो टिकाउ स्मार्टफोन हुने जनाइएको छ ।
डिजाइनमा पनि आकर्षक रहेको यस रियलमी नोट ७० मा ७.९४ एमएमको अल्ट्रा–स्लिम बडी र २०१ ग्राम हलुका फ्रेम समावेश गरिएको छ, जसले शैली र टिकाउपनको सन्तुलन प्रदान गर्छ । कम्पनीका अनुसार ९० एचजेडको आइ कम्फर्ट डिस्प्लेले लामो समयसम्म प्रयोग गर्दा पनि आँखामा थकान कम गर्दै स्मूथ भिजुअल अनुभव दिन्छ । फोटोग्राफी प्रेमीका लागि १३ एमपी एआई क्यामेराले स्पष्ट फोटो खिच्न सहयोग गर्छ । युनिसोक टी७२५० अक्टा-कोर चिपसेटले स्मूथ मल्टीटास्किङ र प्रदर्शन सुनिश्चित गर्छ भने एआइ स्मार्ट एक्सपिरियन्स प्रयोगकर्ताको व्यवहार अनुसार इन्टरफेसलाई व्यक्तिगत र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मनोरञ्जनको लागि नोट ७० मा ३ सय प्रतिशत अल्ट्रा बूम स्पिकर राखिएको छ जसले भिडियो, संगीत र गेमिङ अनुभवलाई अझ रमाइलो बनाउँछ । त्यस्तै, पल्स लाइट फीचरले एक अलर्टमै नोटिफिकेसन हेर्न मिल्छ भने नोटिफिकेशन हेर्ने तरिका नै बदल्छ-स्मार्ट र स्टाइलिश प्रकाशले प्रत्येक अलर्ट एक नजरमै देखाउन सहयोग पुर्याउँछ ।
४ जीबी + ६४ जीबीको मूल्य १३ हजार ९ सय ९९ र ४ जीबी + १२८ जीबी को मूल्य १४ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको गोल्ड र अब्सिडियन ब्ल्याक जस्तो आकर्षक रंग गरी दुई वटा स्टोरेज भेरियन्टमा नेपालभर रियलमीको नोट ७० उपलब्ध हुने कम्पनीले जनाएको छ ।