Aarthikaina
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । देशभर आइतबारसम्म ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार    धान रोपाइँ हुने क्षेत्रफलमध्ये ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको हो ।

कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ । वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८/५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ । कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update