Aarthikaina
संस्कृति र खेलकुदको संगम: लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं । लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने गरी लुम्बिनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।

नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थपना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीक जस्ता नेपाली पहिचान झल्काउने तत्वहरू समावेश गरिएको छ । सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्ति दीपलाई प्रतिनिधित्व गर्दछ ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बाहादुर जिसीका अनुसार लोगोले क्रिकेट मैदानमा टिमको शक्तिमात्र नभएर लुम्बिनीको गौरवको पनि पहिचान दिलाएको छ । लुम्बिनी लायन्सबारे उनले भने, ‘बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ । लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ ।’

वि.सं.२०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाईज टिम उर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार भएको जनाएको छ । र, नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update