Aarthikaina
विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि दुई खेलाडी छनोट
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन् । पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीका अनुसार भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २६ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताका लागि २ खेलाडी छानिएका हुन् ।

हिमालले सटपुट तथा प्रभाले लङजम्पमा प्रतिस्पर्धा गर्ने छन् । प्रभाले गत फेब्रुअरीमा नयाँ दिल्लीमै भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा लङजम्पमै रजत पदक जितेकी थिइन् ।

अध्यक्ष सिवाकोटीले विश्व पारा च्याम्पियनसिपमा नेपाली खेलाडीले सहभागिताको अवसर पाउनु ऐतिहासिक भएको बताउँदै विश्व पारा एथलेटिक्समा नेपालको पहिलो सहभागिता हुने बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update