Aarthikaina
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको नयाँ टोलीमा लुम्बिनी लाभाज
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । नेपालको एक मात्र महिला भलिबलको फ्रेन्चाईज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल)मा लुम्बिनी लाभाज नयाँ टोलीको रुपमा भित्रिएको छ । पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश भएको हो ।

आगामी भदौमा हुने एभरेष्ट महिला भलिबल लिगको लागि लुम्बिनी लाभाज नयाँ जोश बोकेर आएको छ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा लुम्बिनी लाभाजसँगै ६ फ्रेन्चाईज टोलीको सहभागिता हुनेछ । लुम्बिनी लाभाजको स्वामित्व सुश्री मिडियासँग रहने जनाइएको छ । पछिल्लो समय लुम्बिनीमा महिला भलिबल खेलाडीहरु आउने क्रम बढेको छ । लुम्बिनी लाभाज छिटै आफ्नो मार्की खेलाडी, मुख्य प्रशिक्षक घोषणा गर्ने जनाइएको छ ।

त्यस्तै, एभरेष्ट महिला भलिबल लिगको अक्सन पनि साउन २ गते हुँदैछ । यो ऐतिहासिक अक्सनको हिस्सा हुन लुम्बिनी लाभा तयार रहेको जानकारी गराइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update