Aarthikaina
क्रिकेटर जोय नगदसहित सम्मानित
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ ।

एन्जल्स हार्ट नेसनल स्कुलबाट एइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित भएका हुन् । जोय पनि एसइइ उत्तीर्ण भएका छन् ।

मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसिया विरुद्ध ५७ रन, भुटान विरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाएका थिए । जोयलाई एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले एक कार्यक्रमबीचसम्मान गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update