तीन सातापछि ताप्लेजुङमा हवाई उडान सुरु

काठमाडौं । ताप्लेजुङमा तीन सातापछि आजदेखि हवाई उडान भएको छ । खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो ।
नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौँबाट चार यात्रु बोकेर ताप्लेजुङ पुगेको थियो भने उताबाटबाट सोही विमानमा पाँच यात्रु काठमाडौँ आएका थिए ।
मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए ।
बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएको उनले बताए । हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौँसम्म प्रति व्यक्ति नौ हजार दुई सय रुपैयाँ भाडा दर कायम गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ १६:४१
प्रतिक्रिया दिनुहोस्