-1750641423.jpg)
काठमाडौं । मनास्लु र वारियर्सले प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आइतबार जितेका छन् । मनास्लु ब्वाइज तथा वारियर्स गर्ल्समा च्याम्पियन बने ।
मनमैजुस्थित आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भएको ब्वाइज फाइनलमा मनास्लुले एनएनएलाई २१–१७ ले पराजित गर्यो ।
गर्ल्सको उपाधि भिडन्तमा वारियर्सले एनसीसीएसलाई १९–१६ ले हरायो । ब्वाइजमा मनास्लुका अविश्न चालिसे तथा गर्ल्समा वारियर्सकी प्रकृति खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
दुवै समूहको विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै विजेता र उपविजेता टोलीका प्रत्येक खेलाडीलाई प्लस २ अध्ययन गर्न क्रमशः ७० र ५० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिएको एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।
विजेतालाई तार्केश्वर नगरपालिका वडा १० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल एवं तार्केश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।