Aarthikaina
प्रशासन तथा लेखा तालिम सम्पन्न

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रशासन तथा लेखा सम्बन्धी तालिम आइतबार बूढानीलकण्ठमा सम्पन्न भएको छ ।

समापनका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सहजकर्तालाई मायाको चिनो प्रदान गर्दै तालिम सञ्चालनका लागि सहयोग गरेको धन्यवाद दिए ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

सो अवसरमा सदस्य–सचिव घिसिङले आगामी दिनमा अन्य जिल्लाका कर्मचारीलाई पनि समेट्दै बृहत रुपमा तालिम आयोजना गर्ने बताउदै सहभागीले तालिममा हासिल गरेको ज्ञानलाई व्यहारमा उतार्नु पर्नेमा जोड दिए ।

दोश्रो तथा अन्तिम दिन कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नियन्त्रक विष्णुहरि वाग्लेले लेखा प्रणालीमा सूचना प्रविधिको प्रयोग सम्बन्धी ज्ञान दिएका थिए ।

पहिलो दिन सहभागीलाई खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र सिवाकोटीले योजना तर्जुमा र सार्वजनकि खरिद प्रक्रिया, खेलकुद मन्त्रालयका उप–सचिव जगदीश पराजुलीले वित्तिय व्यवस्थापन र भ्रष्टचार नियन्त्रण, महालेखा परिक्षक कार्यालयका नायब महालेखा परिक्षक शंकरप्रसाद पन्थी तथा निर्देशक केदारप्रसाद खकुरेलले आन्तरिक नियन्त्रण प्रणाली, लेखा परिक्षण, अन्तिम लेखा परिक्षण, बेरुजु र फछ्र्यौट, महालेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत डिल्ली अधिकारीले पाम्स सम्बन्धी विविध पक्ष बारे जानकारी गराएका थिए । तालिममा ५४ कर्मचारी सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update