Aarthikaina
माइलेज च्याम्पियन २०२५ सम्पन्न, पहिलो स्थानमा प्रिन्स पटेल

काठमाडौं । गत शनिबारका दिन विरगञ्जको बौहरवा भाटीमा “माइलेज च्याम्पियन २०२५“ भव्य र उत्साहजनक रूपमा सम्पन्न भयो ।  प्रतियोगितामा विजेता बनेका प्रिन्स पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका थिए ।

उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने संजितकुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल भए । रिशव इम्पेक्सको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा ७० जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर करिब चार सयभन्दा बढी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतिस्पर्धामा सहभागीहरूलाई एक लिटर पेट्रोल उपलब्ध गराई, त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो ।

रिशव इम्पेक्सका प्रतिनिधिका अनुसार यस किसिमका कार्यक्रमहरूले उपभोक्ताहरूमा इन्धन दक्षता, स्मार्ट र दिगो सवारी प्रयोगका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्नुका साथै ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँछन् । साथै, रिशव इम्पेक्सले सहभागी, दर्शक, आयोजक टोली तथा सहकार्यकर्ताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ परिस्कृत तथा प्रभावकारी कार्यक्रमहरूको निरन्तरता रहने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update