Aarthikaina
आरजी क्रियसन्सको कन्सेप्टमा एकान्तकुनामा इभेन्ट भेन्यू म्याजेष्टिक ग्र्याण्ड सञ्चालन

काठमाडौं । म्याजेष्टिक ग्र्याण्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले ललितपुरको एकान्तकुनामा इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्र्याण्ड’को निर्माण गरेको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको म्याजेष्टिक ग्र्याण्ड र म्याजेष्टिक क्राउन दुई वटा आकर्षक इभेन्ट हल रहेका छन् ।

विवाह, ब्रतबन्ध, म्युजिकल कन्सर्ट, फेसन शो, प्रडक्ट लाउञ्ज, विश्वविद्यालयहरूको ग्रायाजुएसन कार्यक्रम तथा एकसाथ धेरै जना उपस्थित हुनुपर्ने गोष्ठी र सेमिनारलाई लक्षित गरेर म्याजेष्टिक ग्र्याण्ड तयार गरिएको आरजी क्रिएशनका अध्यक्ष राम गिरीले बताएका छन् ।

कार्यक्रम आयोजना गर्दा बाहिरबाट कुनै किसिमका सामग्री ल्याएर सेटअप गर्नु पर्दैन । अन्तर्राष्ट्रियस्तरका लेटेष्ट प्रविधिको साउण्ड सिस्टम, लाइट, विशाल स्क्रिन लगायत इभेन्टका लागि आवश्यक पर्ने हरेक सामग्री म्याजेष्टिक ग्र्याण्डमा जडान गरिएका छन् ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

सञ्चालक सुरज कार्कीले म्याजेष्टिक ग्र्याण्डलाई नामजस्तै भव्य बनाउन यसको निर्माण र सजवाटमा विशेष ध्यान दिइएको बताएका छन् । उनले डेस्टिनेसन वेडिङका लागि म्याजेष्टिक ग्र्याण्ड उत्कृष्ट भेन्यू रहेको बताए ।

१४ हजार र १० हजार वर्ग स्क्वायर फिट इनडोर हल भएको ब्यांक्वेटको गार्डेन एरियाको क्षेत्रफल २५ हजार वर्ग स्क्वायर फिट रहेको हर्ष बाटिकाका सञ्चालक कार्कीले बताए ।

कार्कीले भने, ‘मैले धेरै वटा कम्पनीसँग कुरा गरेँ तर आरजी क्रियासन्सले जुन डिजाइन र कन्सेप्ट प्रस्ताव गर्यो त्यो निकै राम्रो थियो ।’ यसमा प्रयोग गरिएका विशाल स्क्रिन, लाइटिङ सिस्टम, फर्निचर, गार्डेन एरियामा गरिएको सजावटले यसको भव्यता जो कोहीले महसुस गर्न सक्छन् ।

म्याजेष्टिक ग्र्याण्डको भव्यता र यसको सर्भिस पाँच तारे होटलको भन्दा पनि उत्कृष्ट रहेको सञ्चालक कार्कीले बताए । कार्कीले सस्तो मूल्यमा पाँच तारे होटलको भन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको बताएका छन् । उनले पार्किङको राम्रो व्यवस्था रहेको बताए ।

आरजी क्रियसन्स नेपालका अध्यक्ष गिरीले आफूले निर्माण गर्ने हरेक इभेन्ट भेन्यू मास्टर पिस हुने गरी नै सम्पन्न गरिएको बताएका छन् ।

आरजी क्रियसनले यस अघि अन्य ब्यांक्वेटहरू पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । एउटाको थिम अर्कोसँग नमिल्ने गरी र हरेक ब्यांक्वेटको आफ्नै मौलिक पहिचान हुने गरी निर्माण गरिने गरेको अध्यक्ष गिरीले बताए ।

आरजी क्रियसन्सले काठमाडौं उपत्यका लागायत देशका विभिन्न सहरमा दर्जनौँ ब्यांक्वेट, इभेन्ट भेन्यू तथा हस्पिटालिटीसँग सम्बन्धित प्रोजेक्टहरू निर्माण गरिसकेको छ ।

म्याजेष्टिक ग्र्याण्डमा प्रयोग गरिएका फर्निचर, लाइट, डेकोरेसनका आइटम नेपालका कुनै होटल तथा ब्यांक्वेटमा प्रयोग नभएका प्रयोग गरिएको अध्यक्ष गिरीले बताएका छन् । करिब चार हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी म्याजेष्टिक ग्र्याण्ड तयार गरिएको छ ।

आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा उपलब्ध छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update