Aarthikaina
फागुन २५ गते दसौँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिँदै

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा मंगलबार बसेको मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

दसौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुँदैछ । त्यसका लागि फागुन २५ गते सचिवालय स्थापना गर्न लागिएको चौधरीको प्रमुख स्वकीय सचिव तेजेन्द्र चौधरीले जानकारी दिए । दसौँ राष्ट्रिय खेलकुदको सहआयोजकका रूपमा कार्यसम्पादनका लागि कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

दसौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद्अन्तर्गत खर्च नहुने पुँजीगत रकममध्येबाट कर्णाली प्रदेशलाई बजेट रकम हस्तान्तरणका लागि अर्थ मन्त्रालयसँग अनुरोध गर्ने निर्णय भएको छ ।

दसौं राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापन सम्बन्धी (पूर्वतयारी, उद्घाटन एवं उदघान र समापन) कार्ययोजना पेस गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको स्वकीय सचिव तेजेन्द्र चौधरीले बताए ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update