चर्चित गायिका एलिनाको ‘छुट्यो पिरिम’ बजारमा
                        
                        
                                                
                    काठमाडौं । चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘छुट्यो पिरिम’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका चौहानको वैवाहिक सम्बन्धमा दरार आएपछि उनले सम्बन्ध विच्छेद गरेकी हुन् ।
उनले सम्बन्ध विच्छेद गरेसँगै बजारमा आएको ‘छुट्यो पिरिम’ गीतको म्युजिक भिडियो उनकै जीवनसँग मेल खाएको देख्निछ ।
म्युजिक भिडियो गीतको शब्द डीपी तिवारीको रहेको छ भने, संगीत एंव हुकलिंग नविन शताब्दीले गरेका छन् । गीतको भिडियोमा सञ्जना गुरुङ र सञ्जय विश्वकर्मा (खिमजान) ले अभिनय गरेको देख्न सकिन्छ ।
सञ्जय विश्वकर्मा (खिमजन)को निर्देशन रहेको भिडियो सम्पादन अमृत चापागाईले गरका हुन् । दिपक गिरी सिनेमेटोग्राफर गरेका हुन् भने कोरियोग्राफर सञ्जय विश्वकर्मा (खिमजन) नै गरेका छन् । भिडियोको सम्पादन मिक्स मास्टरिङ किस्मतको रहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०४:४६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
                                        थप भिडियो ग्यालेरी
                                    
                                



 
             
             
             
            




 
                                                            
                                                         
                                                            
                                                         
                                                            
                                                         
                     
                     
                     
                     
                    -1756655974.jpg) 
                     
                     
                     
                     
                     
             
             
             
             
            