Aarthikaina
वर्ल्डलिंकद्धारा काठमाडौंमा सुविधासम्पन्न डेटा सेन्टर निर्माण, देशभर १४ सेन्टर बनाउने

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपालकै सबैभन्दा ठूलो डेटा सेन्टर निर्माण गरेको छ । राजधानीको चन्द्रागिरिस्थित यस सेन्टरको नाम डेटावर्ल्ड रहने छ । 

तीन अर्ब लगानीमा देशभर १४ वटा अत्याधुनिक डेटा सेन्टर बनाउन लागेको वर्ल्डलिंकले चन्द्रागिरिमा ३.५ मेगावाटको आईटी पावर क्षमताको डेटा सेन्टर बनाएको हो । भूकम्प प्रतिरोधी र कडा सुरक्षा प्रवन्धको यो सेन्टर डाटा स्टोरेजका साथै क्लाउड तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मसिन लर्निङ (एमएल) वर्कलोडका लागि उपयुक्त हुने किसिमले निर्माण गरिएको छ ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

 

केही महिनाभित्रै सञ्चालनमा आउने यो सेन्टरमा विद्युत आपूर्ति नियमित होस भन्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेसन नजिकै निर्माण गरिएको वर्ल्डलिंकको भनाई छ ।

गत मंसिरमा फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डको एक करोड युरो लगानी भित्राउन सफल भएको कम्पनीले यस्तो डेटा सेन्टरहरु निर्माण गर्नुको उद्देश्य इन्टरनेट सेवालाई गुणस्तरीय, सस्तो बनाउँदै देशको डिजिटल पूर्वाधारलाई बलियो बनाउनु रहेको बताउँदै देशका अन्य क्षेत्रमा पनि चाँडै यस्तो डेटा सेन्टर निर्माण गरिने बताएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update