Aarthikaina
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थको प्रमुख आतित्यथामा भएको साधारण सभाबाट जिवन मानन्धरले उपाध्यक्ष, बाबुकाजी मानन्धरले सचिव तथा सुनिल अधिकारीले कोषाध्यक्षको जिम्मेवारी पाए ।

हरिश श्रेष्ठ, राजेश मुल्मी, राकेशमान श्रेष्ठ, दिपेन्द्र लामिछाने, संजय श्रेष्ठ, सुजन श्रेष्ठ, फिरोज बज्राचार्य, रमेश प्रजापति र उर्मिला श्रेष्ठ सदस्यमा चयन भए ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update