Aarthikaina
तेक्वान्दो संघद्वारा अभिषेक बराल नगदसहित सम्मानित

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले इन्डोनेसियाको जकार्तामा भएको कसाद एसियाली खुला तेक्वान्दो प्रतियोगिताका रजत विजेता अभिषेक बराललाई नगदसहित सम्मान गरेको छ । उनका प्रशिक्षक विकेश विडारी पनि नगदसहित सम्मानित भए ।

चावहिलस्थित केएल टावरमा भएको संघको साधारणसभाको उद्घाटन सत्रमा अभिषेकलाई १५ हजार तथा विकेशलाई ५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो । राजेश प्रजापतिलाई लामो समयदेखि तेक्वान्दो खेलमा सक्रिए रहेर तेक्वान्दोको विकास र विस्तारमा योगदान पुर्याएवापत ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ प्रदान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

सोही अवसरमा विगत २० वर्षदेखि तेक्वान्दोमा आबद्ध भइ खेलको विकास र विस्तारमा योगदान गरेको भन्दै न्यु बानेश्वर तेक्वान्दो डोजाङका प्रमुख अर्जुनभक्त राई, युनाइटेड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङ, बालाजु तेक्वान्दो डोजाङका प्रमुख सुरेश मानन्धर, एमिल तेक्वान्दो डोजाङका प्रमुख विश्वराज बायुङ राई र न्यु जेनिथ तेक्वान्दो डोजाङका प्रमुख सरोज बाँस्कोटालाई प्रशंसा पत्रबाट सम्मान गरियो । ग्रेडिङ सञ्चालन गर्ने विभिन्न डोजाङ पनि सम्मानित भए ।

चालू आर्थिक वर्षमा प्रतियोगिता आयोजना गर्ने विभिन्न तेक्वान्दो डोजाङहरु पिङला, लैनचौर, स्युचाटार, थ्री ब्रडर, काभ्रेस्थली, एसकेबीसी, एमिल, न्यु नागर्जुन, फ्रेन्डसिप र गोठाटार तथा रिभेरा इन्टरनेसनल एकेडेमी र ज्ञान चक्सु इङलिस स्कुललाई पनि प्रशंसा पत्रसहित सम्मान गरियो । अन्नपूर्ण पोस्टका खेलकुद पत्रकार विष्णु थापा तथा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेतलाई पनि नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो । उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update