काठमाडौं महानगरपालिकाद्वारा तेक्वान्दोकी संगिना वैद्य सम्मानित
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी संगिना वैद्यलाई शनिबार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३०औँ महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेलमार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले नगद १ लाख ५० हजारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरे । छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगिना एसियाली तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता हुन् । संगीनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १०:४०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
             
             
             
            







 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    -1756655974.jpg) 
                     
                     
                     
                     
                     
             
             
             
             
            