Aarthikaina
तेक्वान्दो महासंघको मुख्यालयबाट प्रशिक्षक अधिकारी सम्मानित
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले विश्व तेक्वान्दो महासंघको मुख्यालय कुकिवानबाट आउटस्टयान्डिङ्ग सम्मान प्राप्त गरेका छन् । कुकिवानद्वारा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा यहि नोभेम्बर ११ देखि २१ सम्म आयोजित ११५औँ तेश्रो श्रेणी अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्स २०२४ मा सहभागि अधिकारीलाई सहभागीहरु मध्येबाट सर्वोत्कृष्ट प्रदर्शन गरेको भन्दै आउटस्टान्डिङ्ग प्रशंसापत्र र बेल्टद्वारा सम्मान गरिएको हो ।

युएईलाइ कर्मक्षेत्र बनाएर तेक्वान्दोको विकास र विस्तारमा लगनशिल भएका प्रशिक्षक अधिकारीलाई बिश्व तेक्वान्दो एकेडेमीका निर्देशक सन ली किमले प्रशंसापत्र र तीन पटकका बिश्व च्याम्पियन तथा कोरियाली तेक्वान्दो पुम्से राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक ग्रान्डमास्टर जे-युन आनले कुकिवान बेल्ट प्रदान गरेका थिए ।

सम्मानपश्चात प्रशिक्षक अधिकारीले यो सम्मानले आफूलाई निकै हर्षित बनाएको र तेक्वान्दोको विकासमा अझ बढि मेहनत गर्न प्रोत्साहन गरेको बताए । प्रशिक्षक अधिकारीले भने, ‘तेक्वान्दोमा समर्पित गरेको जुनून र लगनशिलताको प्रतिबिम्ब यो सम्मान रहेको र यसका लागि कुकिवान र यो यात्रामा साथ दिनुहुने सवै गुरुहरु तथा साथिहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो सफलताले मलाई आगाडी बढ्न, तेक्वान्दो समुदायमा योगदान पुर्याउन र बिश्वसंग यसको मूल्यमान्यता बाँड्न प्रेरित गर्नेछ ।’

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update