 
                                                                    काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघलगायत संस्थाले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । बुधबार तेक्वान्दो संघ, इन्टिच्युट र वडाले उनलाई नगदसहित सम्मान गरेको हो ।
पलेशालाई एक लाख ३८ हजार नगदसहित प्रशंसापत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाए । प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसा पत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदिपलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्टिच्युटमा भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्य एवं चेम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
सोही अवसरमा सिद्धार्थ बनस्थली इन्टिच्युटले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । प्रिन्सिपल बन्सीले पलेशालाई ५० हजार नगदसहित सम्मान गरे । बुधबारै काठमाडौं महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान गर्यो । वडा अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे ।




 
             
             
             
            







 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    -1756655974.jpg) 
                     
                     
                     
                     
                     
             
             
             
             
            