Aarthikaina
साफ यु–२० च्याम्पियनसिपको फाइनल आज, उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बंगलादेशबीच आज बुधबार प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा प्रतिस्पर्धा गर्न नमिल्ने भएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा फाइनल खेल दिउँसो २:३० बजेदेखि सुरु हुनेछ । भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।

भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रशिक्षक श्रेष्ठले समूह चरणको जितले केही अर्थ नराख्ने भन्दै फाइनल खेलका लागि आफ्नो टोलीको तयारी अवस्थामा रहेको बताए ।

त्यस्तै बंगलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरुको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिए ।

सेमिफाइनलमा नेपालले भुटानलाई ४–१ ले तथा बंगलादेशले भारतलाई ४–३ ले हराउँदै फाइनलको यात्रा तय गरेका हुन् । दुबै खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update