
काठमाडौं । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेकी छन् । प्रतियोगितामा मेग्मा गुरुङले नेपाललाई दोश्रो रजत पदक दिलाएकी हुन् । महिला माईनस ३८ केजी तौलको फाइनलमा थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई मेग्माले रजत पदक जितिन् ।
त्यसैगरी राजेन्द्र तामाङ र ईमा थापाले कास्य पदक जितेका छन् । राजेन्द्र माईनस ६८ केजी तौलको सेमिफाईनलमा लावोस र ईमा माईनस ४७ केजी तौलको स्पर्धामा कम्बोडियाकी खेलाडीसँग पराजित हुँदै कास्य पदकमा सिमित रहे ।
यसअघि शनिबार चन्द्रबहादुर बोहोराले नेपालका लागि पहिलो रजत पदक जितेका थिए । यो सँगै प्रतियोगितामा नेपाल २ रजत २ कास्य गरी जम्मा ४ पदक प्राप्त गर्न सफल भएको छ । च्याम्पियनसिप यहि साउन १७ गते देखि २० गते सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा सम्पन्न भएको थियो ।