Aarthikaina
धुलिखेलमा राष्ट्रिय खेल संघ सवलीकरण कार्यक्रम

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा राष्ट्रिय खेल संघ सबलीकरण कार्यक्रम काभ्रेको धुलिखेलमा शुक्रबार सुरु भएको छ । राष्ट्रिय खेल संघलाई खेलकुदको विविध पक्ष बारे जानकारी गराउँदै क्रियाशिल बनाउने उद्देश्यले खेल संघ सवलीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्री पद सम्हालेदेखि नै अभिमुखीकरण कार्यक्रमहरु तयार गरेर अघि बढ्नुपर्छ भनेको उदाहरण दिँदै खेल संघ सबलीकरण कार्यक्रमको विषयवस्तुहरु राम्रो रहेको र यस कार्यक्रममा खेलकुदको विविध पक्षमा छलफल हुने बताए । साथै, उनले यस कार्यक्रमपछि नेपाली खेलकुदमा नयाँ सोच र विचार बनाउने आशा व्यक्त गरे ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

मन्त्री श्रेष्ठले संघहरुले पनि प्रत्यक्ष रुपमा नीतिगतदेखि सबै विषयमा सुझाव दिनुपर्ने बताउँदै सिएसआरको कार्यक्रम पनि अघि बढाएको र त्यो लागू भएमा खेलकुदलाई राम्रो हुने बताए । नेपाली खेलकुदलाई अझ अग्रगतिमा लैजाने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । सदस्य सचिव घिसिङले आजको खेल संघ कस्तो हुनुपर्छ, खेल संघको भूमिका कस्तो हुनुपर्छ, भन्ने विविध वस्तुलाई समेटेर कार्यक्रमको पाठ्यक्रम बनाइएको र तीन दिने कार्यक्रमबाट नेपाली खेलकुदलाई मार्गनिर्देशन गर्ने नयाँ विचार आउनेमा आशावादी रहेको घिसिङले बताए ।

आफू सदस्य–सचिव हुँदा २०९ खेल संघ रहेकोमा त्यसलाई घटाएर अहिले ६१ मा झारेको भन्दै सदस्य–सचिव घिसिङले कतिपय खेल संघले अझै खेलकुद ऐन अनुसार काम गर्न बाँकी रहेको बताए । सदस्य–सचिव घिसिङले यो खेल संघ सबलीकरण कार्यक्रम मात्र नभएर यसमा नेपाली खेलकुदका विभिन्न पक्षको बारेमा कुरा उठेको र त्यसले समग्र नेपाली खेलकुदकै बारेमा छलफल भएको भन्दै यो कार्यक्रम सान्दर्भिक रहेको बताए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले खेल संघहरु सबल हुनुपर्छ, व्यवस्थित हुनुपर्छ र त्यसमा खेलकुदका सरोकालवाला सबै मिलेर अघि बढ्नुपर्ने र यस्ता खालको कार्यक्रमले त्यसमा सहयोग पुग्ने बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले कार्यक्रमबाट आएको प्रतिक्रियाहरुले मन्त्रालयलाई आगामी दिनमा नीति नियम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालमा अहिले खेल संघको अवस्था संघर्षपूर्ण रहेको अवस्थामा राखेपले सबै खेल संघलाई बोलाएर यस किसिमको कार्यक्रम गरेकोमा धन्यवाद दिए ।कार्यक्रमको पहिलो दिन शुक्रबार वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले नेपालको संविधान, खेलुकदसँग सम्बन्धित कानून र खेल संघको दायित्व तथा कर्तव्य विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । शनिवार ८ तथा आइतबार २ विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update