Aarthikaina
अमेरिका र वेस्ट इन्डिज जान लागेका खेलाडीलाई विदाइ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमेरिका र वेस्ट इन्डिजमा जेठ २० गतेदेखि असार १५ गतेसम्म हुन गइरहेको आइसिसि मेन्स टि २० क्रिकेट वर्ल्ड कप प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन जान लागेका ६ जना खेलाडीहरूलाई शुभकामनासहित विदाइ गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा छनौट हुन सफल भई त्यसतर्फ जान लागेका खेलाडीहरू दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, ललित राजवंशी, करण केसी र सागर ढकाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले विदाइ गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रियस्तरमा हुने महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको गौरव बढेको उल्लेख गरे । भावनात्मक रूपमा खेलकुद जगतलाई उच्च बनाउन संगठन सकारात्मक रहेको उनले बताए ।

यी खेलाडीहरू हाम्रा हुन् भनेर चिन्न पाउँदा समग्र संगठनलाई गर्व महसुस भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय टिमलाई बिजय दिलाउँदै कीर्तिमान कायम गर्नका निमित्त लगनशील भई उच्च मनोबलका साथ खेल्न आग्रह गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update