Aarthikaina
राष्ट्रियव्यापी खुल्ला व्यायाम सम्पन्न

काठमाडौँ । बजाजको मोटर बाइक ब्रान्ड पल्सर र गोकर्णेश्वर न.पा.संगको साझेदारीमा नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सको काठमाडौं बौद्ध स्थित बाग्मती नगर पार्कमा आयोजनामा ऐतिहासिक छैठौं राष्ट्रियव्यापी खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको छ ।

वल्ड पावरलिफ्टिङ्गको र युरोपियन स्ट्रीट लिफ्टिङ्ग महासंघको सम्बद्धतामा आयोजित उक्त ऐतिहासिक कार्यक्रमको सभापतित्व संस्था अध्यक्ष सुकदेव कार्कीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल रहनु भएको थियो । कार्यक्रममा विशिस्ट अतिथिको रुपमा पुर्व प्रधान सेनापती गौरवशमशेर ज.ब.रा,  पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा नेपाल शारीरिक सुगठन महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदी, गोकर्णेश्वर नगरपालिकाका खेलकुद विभागका अध्यक्ष सञ्जय लामाज्यूलगायत उपस्थिति रहेको थियो ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

देशभरबाट करिब दुई सय खेलाडीहरुको सगभागीता रहको उक्त प्रतियोगिताको सर्किट विद्या अन्तर्गत खुल्ला महिला सर्किटको खेलमा अन्जना थकाली, कृष्णकला विष्ट, महिमा राई, खुल्ला पुरुष सर्किटको खेलमा डेभिड कर्माचार्य, अनुराग भेटुवाल, बुद्ध घिसिङ, जुनियर सर्किट १९ वर्ष मुनिको सर्किट खेलमा राजिव राणा, अनुज श्रेष्ठ, सबिन गुरुङ पुरुष सर्किट मास्टर्स ४५+ वर्षको खेलमा मनोहर थापा, चुनीबहादुर रवैका, बालकृष्ण तन्दुकार र महिला सर्किट मास्टर्स ४०+ मा माया मगर, भेषकुमारी असलामी, मन्जु गुरुङ, यसैगरी बार विधा अन्तर्गत खुल्ला महिला बारको खेलमा रोशनी गुरुङ, सुमि श्रेष्ठ, पदमा थापा, खुल्ला पुरुष बारको खेलमा समीर लामा, क्षितिज सिंह क्षेत्री, प्रकाश कठायत जुनियर बार १६ वर्ष मुनिको खेलमा सुशान्त नरसिंह राणा, विजय तामाङ, सुजन बुढाथोकीले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न गर्नुभयो ।

प्रतिस्पर्धामा सर्किट र बार विद्याको प्रत्येक समुहअन्तर्गतको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाइ प्रोत्साहन स्वरुप क्रमश २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार साथै मेडल ट्रफी, समुहगत विभिन्न उपाधी र आकर्षक उपहारहरुबाट पुरस्कृत गरिएको थियो । साथै विभिन्न समुह अन्तर्गतको खेलहरुमा शिर्ष पाँचौ स्थानसम्म हासिल गर्न सफल खेलाडीहरुले प्रतिनिधित्व गर्ने एक क्लब÷संघ÷संस्थाले प्राप्त गर्ने अंकको मुल्यांकन गर्दा बढी अंक प्राप्त गर्न सफल एनवाइएफसी नेपालगन्ज यस वर्षको फिटेस्ट क्लबको स्थान प्राप्त गर्न सफल रह्यो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update