Aarthikaina
नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य हो: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ति, छिमेकी भारत र चीनको उपभोक्ता बजारलगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ । यहाँ लगानीमार्फत उत्पादन भएका वस्तुहरुलाई  विश्वका झण्डै तीन अर्ब जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ ।’

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गरे । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाई छ । उनले नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गरे ।

विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसंगै लाभयुक्त परियोजनाहरु छनोट गरेको अग्रवालले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बर्हिगमनको व्यवस्था एकद्धार नीतिबाटै गरिएको छ ।’ 

काठमाडौंमा भईरहेको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दिर्घकालिन महत्व राख्ने उनले बताए । लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आव्हान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अध्यक्ष अग्रवालले बताए । 

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिब एक दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update