Aarthikaina
जिल्ला खेल संघको पनि अनुगमन हुन्छ – सदस्य–सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघका गतिविधिको पनि अनुगमन गर्ने बताएका छन् ।

भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुरास प्रतियोगिताका पदक विजेतालाई बधाई दिन आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

‘अब राष्ट्रिय खेल संघहरुको मात्र हैन, राष्ट्रिय खेल संघले विभिन्न जिललामा गठन गरेका जिल्ला संघको पनि अनुगमन हुन्छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘कार्यसमिति बन्नु मात्र ठूलो कुरा होइन । कार्यसमितिले कस्तो कार्ययोजना ल्याउछ र त्यसलाई कति कार्यन्वयन गर्छ, त्यो हेर्न जरुरी छ । सम्बन्धित जिल्लामा कति खेलाडी छन् । कति प्रशिक्षक छन् । प्रशिक्षण भइरहेको छ कि छैन । के के गतिविधिहरु भइरहेका छन् । सबै कुराको अनुगमन हुन्छ ।’

बैशाख ७ देखि ८ गतेसम्म भएको उक्त प्रतियोगितामा २ स्वर्ण र ३ रजत गरी ५ पदक जित्दै नेपाल दोश्रो भएको थियो । दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका थिए । परि घर्ती मगर, अर्जुन क्षेत्री र दीपिका अछाजुले रजत पदक प्राप्त गरेका थिए । दिक्षा जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका ५ राष्ट्र सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update