Aarthikaina
महिला फुटबल टोली सम्मानित
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार राति नेपालको महिला फुटबल टिमलाई सम्मान गरेको छ । टोलीलाई ७५ हजार रुपियाँ र गिफ्ट ह्याम्परसहित सम्मान दिइएको थियो ।

गत फागुनमा पश्चिमी एसियाली गल्फ राष्ट्रहरुले खेल्ने वाफ महिला फुटबल च्याम्पियन्सीपमा उपविजेता बनेर नेपालको नाम उच्च पारेको भन्दै नेपाल स्पोर्ट्स फेलोसिपले इस्टर फेस्ट फेलोसिप २०२४ अन्तर्गत महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।

वाफ च्याम्पियन्सीपको फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो । खेलकर्मी भेलाको रुपमा आयोजित गरिएको सो कार्यक्रममा नेपालका सबैजसो खेलका करीब एक सयभन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update