Aarthikaina
ब्याडमिन्टन स्टार प्रिन्स दाहाल सम्मानित हुने

काठमाडौं । राष्ट्रिय च्याम्पियन तथा शिर्ष एक बरियतामा रहेको प्रिन्स दाहाललाई १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिताका दौरान सम्मान गरिने भएको छ ।

दाहाललाई आयोजकको तर्फबाट पूर्व घोषित निर्णय बमोजिम मोटरसाईकल सहित सम्मान गर्न लागिएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

संघले प्रतियोगिताको सुरुवात गर्दानै पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग प्रतियोगिताको र्याङ्किग तर्फ लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाईकलले सम्मान गरिने घोषणा अनुरुप पिन्सलाई यस संस्करणमा सम्मान गर्न लागिएको हो ।

बिश्व ब्याडमिन्टन जुनियरमा शिर्ष १ मा रहिसकेका र हाल नेपाल ब्याडमिन्टन संघको शिर्ष १ मा रहेका प्रिन्सले पुष्पलाल स्मृती ब्याडमिन्टनको १० औं, ११ औं र १२ औं संस्करणमा विजय हात पार्न सफल भएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update