Aarthikaina
बज्र ग्रुपको भ्यालेन्टाइन स्किममा कार र स्कुटर किन्दा क्रमश: सुनको हार र हिराको औठी उपहार

काठमाडौं । बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम ल्याएको छ । उक्त स्किम अन्तरगत वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा हिराको औठी उपहार पाइने छ । कम्पनीका अनुसार उक्त स्किम निश्चित समयावधिको लागि मात्र लागू हुने छ । 

कम्पनीका अनुसार वुलिंग गाडी २०० किमि र ३०० किमीमा उपलब्ध छ भने ८ बर्षको वारेन्टीका साथ नक्साल, भैसेपाटी शोरुममा कार किन्न सकिने छ । साथै, फाइनान्स र एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको जनाइएको छ । 

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

त्यस्तै, स्कुटर किन्नको लागि नेपालभरिका मुख्य मुख्य सहरमा उपलब्ध छ । लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ, जसमा कलेजका विद्यार्थीदेखि अफिसको हाकिम र कृषक तथा अपांगता भएका व्यक्तिको सुविधालाई मध्यनजर गर्दै अर्थात् सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध छ ।

Bajra-Group-Scooti-1707841225.jpg
 

लेभ्लिंग ई–स्कुटरको मूल्य एक लाख १५ हजारदेखि सुरु छ । स्कुटरमा दुई वर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्था सँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध हुने जनाएको छ । 

नेपाली बजारमा विगत ३१ बर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले अटोमोबाइललगायत विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ । जसमा सेनेटरिका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क, अटोमोबाइल रहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update