Aarthikaina
रिलायन्स फाइनान्स र मेडिप्लस अस्पतालबीच सम्झौता

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र मेडिप्लस हस्पिटलबीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका लागि सम्झौता भएको छ । फाइनान्सले ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा रिलायन्स फाइनान्सको तर्फबाट पोखरा शाखा प्रबन्धक प्रकाश पौडेल र मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टरको तर्फबाट प्रबन्धक सुरेशराज सुवेदीले हस्ताक्षर गरेका छन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

सम्झौतानुसार रिलायन्स फाइनान्सका सेयरधनी, कर्मचारी, कर्मचारीका परिवार तथा ग्राहकलाई हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै, हस्पिटलका सेयर सदस्य, संस्थामा कार्यरत डाक्टर तथा कर्मचारीहरूले रिलायन्सले प्रदान गरेको वित्तीय सेवाहरू सर्वसुलभ दरमा प्राप्त गर्ने छन् ।

नेपाल राष्ट्र बैकबाट २०६६ मंसिर १० मा ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी २०६६ मंसिर १८ बाट संस्थाको केन्द्रीय कार्यालय प्रदर्शनी मार्गबाट आफ्नो कारोबार सुरु गर्दै आएको यस संस्थाले हाल काठमाडौंको कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालयसहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ ।

संस्थाले काठमाडौंको न्युरोड, सीतापाइला, ईमाडोल(ललितपुर), नारायणघाट(चितवन), महेन्द्रपुल(पोखरा कास्की), बेँशीशहर(लमजुङ), बनेपा(काभ्रेपलाञ्चोक), आरुघाट(गोरखा), चारआली(झापा), गोरखा बजार(गोरखा), भैरहवा(रुपन्देही), मणिग्राम(रुपन्देही), बुटवल(रुपन्देही), धनगढी(कैलाली), महेन्द्रनगर(कन्चनपुर), कोहलपुर(बाँके), अत्तरिया(कैलाली), दमक(झापा), बिर्तामोड(झापा), धुलाबारी(झापा) र टाँडी(चितवन)मा शाखा कार्यालय गरी २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update