Aarthikaina
खड्का पुम्से दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती

काठमाडौँ । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् । वल्र्ड तेक्वान्दो(डब्लुटी) को रेफ्री कमिटीले अशोकलाई बिहिबार दोस्रो श्रेणीको प्रमाणपत्र प्रदान गरेको  छ ।

तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नती हुन करिब पाँच वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको र्‍याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लन सफल भएका हुन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

तेश्रोबाट दोश्रो श्रेणीमा उक्लन कम्तीमा आठ अंक आवश्यक पर्दछ । करिब पाँच वर्षको अवधिमा दस पुम्से प्रतियोगिता र एक रिफ्रेसर कोर्षमा सहभागिता जनाएको जानकारी गराए । यसअघि अशोकले सन् २०२१ मा ग्यारोगी विधामा पनि दोस्रो श्रेणीको रेफ्रीको मान्यता पाएका थिए ।

अशोकका अनुसार उनले सन् २०२३ मा दक्षिण कोरियामा वल्र्ड तेक्वान्दो पुम्से च्याम्पियन्सिप, किमुनयोङ कप, अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन, प्रेसिडेन्ट कप, ओसियना ओपन पुम्से च्याम्पियन्सिप, बुल्गेरिया ओपन, सन् २०२२ मा चुनचुन कोरिया ओपन, सन् २०२० मा मेक्सिको ओपन, सन् २०१९ मा १३ औँ दक्षिण एसियाली खेलकुद तथा डब्ल्यूटी प्रेसिडेन्ट कप अस्ट्रेलिया र दक्षिण कोरियामा ४५ औँ अन्तर्राष्ट्रिय पुम्से रिफ्रेसर कोर्स २०२२ मा सहभागिता जनाएका थिए ।

दुई वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले अशोकलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकबाट सम्मान गरेको थियो । अशोक ग्योरोगी, पुम्से र पारा तेक्वान्दो गरी तीनै विधाका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update