Aarthikaina
सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको अध्यक्षमा भरत चयन
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

पोखरा । नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको अध्यक्षमा भरत विक चयन भएका छन् । संघको १०औँ साधारणसभा तथा पाचौँ अधिवेशनले भरतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा मनबहादुर सुनार, द्वितीय उपाध्यक्षमा सुरेन्द्र विश्वकर्मा (रामदाम), महासचिवमा दिपेश सुनार, सचिवमा सुरेन्द्र बहादुर विश्वकर्मा, कोषाध्यक्षमा अर्जुन कुमार सुनार, सह–कोषाध्यक्षमा रमेश खड्का विक निर्वाचित भएका छन् ।

यसैगरी, संघको कार्यसमिति सदस्यमा नरेश विक, समीर बराल सुनार, वीरबहादुर सुनार, दीपक विश्वकर्मा, सन्तोष दियाली र सुरेन्द्र सुनार छन् ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update