Aarthikaina
ललितपुर टेबलटेनिसमा आशिष अवाले

काठमाडौं । ललितपुर जिल्ला टेबलटेनिस संघको साधारण सभाले आशिष अवालेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति सोमबार चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा राजीव जोशी, सचिवमा निकेनमान प्रधान र कोषाध्यक्षमा सुमन शाक्य रहेका छन् । सदस्यमा संघरत्न डंगोल, सन्जु अवाले र विक्रम श्रेष्ठ छन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

भत्येरचौर डोजोको ग्रेडिङ

दक्षिणकाली नगरपालिका– ८ छैमलेस्थित भत्येरचौर सितोरियो कराते डोजोको खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ७२ जना खेलाडी सहभागी थिए । सहभागी मध्ये कृतिका पौडेल पहिलो, आयुशा पौडेल दोश्रो र सुप्रिया राना मगर तेश्रो भए । समन आचार्य, श्रृष्टि आचार्य र योगेश राना मगर अनुशासित खेलाडी घोषित भए । कराते प्रशिक्षक वीरकृष्ण शाहीले ग्रेडिङ सञ्चालन गरेका थिए ।

सहभागी खेलाडीलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, काठमाडौं जिल्ला कराते संघका अध्यक्ष शिवराम कारन्जित, आयोजक डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, व्यवस्थापक तथा प्रशिक्षक सुदिप आचार्य, प्रशिक्षक अनिल कर्माचार्यलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । सो अवसरमा स्थानिय ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update