Aarthikaina
पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एनएसएलको फाइनलमा

काठमाडौं । पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ । यस सिजनको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेपछि यस खेलमा अतिरिक्त ३० मिनेटमा थप १–१ गोल भएपछि २–२ गोलको बराबरीमा खेल सकिएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

पोखरा थन्डर्सले अतिरिक्त समयको पहिलो हाफको १०औं मिनेटमा स्टेफेन कोजोको गोलमा अग्रता लिए पनि खेलको १२०औं मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल २–२ को बराबरी गरेका थिए ।

यस अघि खेलको पाँचौं मिनेटमा नै आयुष घलानको गोलमा पोखराले अग्रता बनाएको थियो भने खेलको ५३औं मिनेटमा धनगढी एफसीले देवेन्द्र तामाङको गोलमा बराबरी गर्दै खेलमा फर्किएको थियो ।

यो जितपछि धनगढी फाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत पोखरा थन्डर्सले अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । अब पोखराले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै धनगढी एफसीका गोलरक्षक मोहम्मद ताहा खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए । इलिमिनेटरको खेल मंगलबार हुने छ भने दोस्रो क्वालिफायर बिहिबार हुदै छ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुदै छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update