Aarthikaina
सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन

कठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री माननिय रामकृष्ण चित्रकारले गरेका थिए ।

“नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुमलाई अगाडी बढाउन नेपाली जुत्ता उत्पादक उद्योगीहरुको समुहलाई सामुहिक शोरुमको सफलताका लागि मन्त्री चित्रकारले शुभकामना व्यक्त गरेका थिए ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

मन्त्री चित्रकारले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने कुरा बताएका थिए । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याउनुभएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिती रहेको थियो ।  स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो । उद्योगीहरुको यस समुहद्धारा यसअघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ ।

सातदोबाटो नेपाली जुत्ता घरमा वि.एफ. डियर हिल शुज र वि.एफ. स्पोट, रोयल शुज, फस्टवाक शुज, क्रस रोड शुज, डि.जे. शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन् । यस शोरुममा उत्पादक र उपभोक्तबिच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुची र चाहना अनुरुपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरुको विश्वास रहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update