Aarthikaina
धनगढीमा टाटा मोटर्सको शोरूम सञ्चालनमा
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । सिप्रदी ट्रेडिङले सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै धनगढीको बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्स नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदीले जिएआरएस ट्रेडिङ कन्सर्नलाई नयाँ आधिकारिक डिलरको रूपमा चयन गर्दै मंगलबारबाट सञ्चालनमा ल्याइएको हो । 

नयाँ शोरूमको उद्घाटन सिप्रदी ट्रेडिङ प्रालिका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल र जिएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा गरेका थिए । अब धनगढी मात्र नभई सुदूरपश्चिमभरका ग्राहकहरूले यस शोरूममार्फत टाटा मोटर्सका विद्युतीय मोडलहरू-टाटा टियागो इभी, पञ्च इभी, नेक्सन के-३ इभी र कर्भ इभी खरिद गर्न सक्नेछन् । यस्तै, आइसिई मोडलअन्तर्गत टियागो, पञ्च, नेक्सन र सफारी पनि उपलब्ध हुने छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update